सत्तरी दिनमै सयपत्री फूल तयार
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यहाँका दुई महिला समूहले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो ।
गाउँपालिकाको सहयोगमा दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको थियो । आँबुखैरेनी–१ यान्चोक आमा समूहमार्फत १२ रोपनी तथा आँधीमूल आमा समूहमार्फत सात रोपनीमा सयपत्री फूलखेती गरिएको थियो । दुवै समूहलाई फूलको बिरुवा उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । गत साउन २० गते यान्चोकमा १२ हजार र आँधीमूलमा आठ हजार बिरुवा रोपिएका थिए ।
“सयपत्री फूल फुलेपछि टिप्न थालिएको छ । अहिले फुलेको सयपत्री मङ्सिरसम्म टिप्न सकिन्छ”, उनले भने । सयपत्री फूल हाल प्रतिकिलो रु दुई सयका दरले बिक्री भइरहेको छ । एउटा माला रु ८० सम्ममा बिक्री हुने गरेको छ । यस वर्ष रु १० लाखको फूल बिक्री हुने अनुमान गरिएको छ ।
स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।”
गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमानको भनाइ छ ।
यहाँ फूलखेती सुरु गरिए पछि बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आले मगरले बताइन् । यस्तै आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई फूलखेती थालिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण