इनासको नयाँ कार्यसमितिको अध्यक्षमा पाण्डे
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालको अध्यक्षमा लोकप्रिय गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय निर्वाचित भएका छन्।
काठमाडौँमा बुधबार सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डेय सन् २०२३–२०२५ को लागि सर्वसम्मत निर्वाचित भएका हुन् । पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक थिए।
त्यस्तै इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन् ।
महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनिल मानन्धर सर्वसम्मत भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण के सी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता सेमन्तमणि खरालले शपथ ग्रहण गराएका थिए।
उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेयले आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्दै पुरानो कार्यसमितिका सम्पूर्णलाई बधाई ज्ञापन गर्दै नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई स्वागत समेत गरे। 'एक्लैले केही गर्न सकिदैन', अध्यक्ष पाण्डेयले भने संस्था-सङ्गठन भनेको टिमवर्कले अगाडि बढ्ने हो, त्यसैले सबै सँगै एक ढिक्का भएर अगाडि बढौँ।'
इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले नयाँ कार्यसमितिको अगाडि ठुलो चुनौती रहेको र नयाँ टिम हेर्दा आफू निकै आशावादी भएको बताए। उनले भने,ू यो टिमले पक्कै राम्रो गरेर इनासलाई नयाँ उचाइमा पुर्याउनेछ'
सो अवसरमा इनास ग्लोबल वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्षद्वय अर्जुन काफ्ले, सावु गदाल, कोषाध्यक्ष कुलराज थापा र एसिया संयोजक लोकराज अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए।
नेपाली कला, संस्कृति, चलचित्र, संगीतको समृद्धिको लागि स्थापित यस संस्थाको केन्द्रीय कार्यालय नेदरल्यान्डसमा रहेको छ भने हाल विश्वका ७३ वटा देशमा यसको शाखा बिस्तार भैसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण