टी-२० विश्वकप छनोट : नेपालले जित्यो टस, ओमानलाई ब्याटिङको निम्तो
काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा बिहीबार ओमानविरुद्ध नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको छ । घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ । खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ ।
समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुंगो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।
टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा नेपालभन्दा ओमान अगाडि छ ।
दुई—दुई हार भोगिसकेका मलेसिया र सिंगापुर भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । समूह ‘ए’ को विजेताले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । समूह ‘ए’ को उपविजेताले भने सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
हाल समूह ‘बी’ मा चार अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो र दुई अंकसहित बहराइन दोस्रो स्थानमा छन् । दुई अंक जोडेको हङ्कङ तेस्रो र खाता खोल्न नसकेको कुवेत चौथो स्थानमा आसिन छन् ।
बिहीबार नै मुलपानी क्रिकेट मैदानमा हङ्कङले यूएई र बहराइनले कुवेतको सामना गर्दै छन् । बिहीबार दिउँसो समूह ‘ए’ को दोस्रो खेल कीर्तिपुर मैदानमा मलेसिया र सिंगापुरबिच खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण