फिलिपिन्समा अभिषेकले जिते मिष्टर कन्जिनियालिटीको अवार्ड
काठमाडौंँ । फिलिपिन्समा आयोजना भएको ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ नेपाली प्रतिनिधि अभिषेक चुडालले मिष्टर कन्जिनियालिटीको अवार्ड हात परेका छन् । बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्री क्लबमा हालै सम्पन्न प्रतियोगितामा उनलाई यो सफलता मिलेको हो ।
‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि केही गर्छु भन्दै फिलिपिन्स उडेको थिए । टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’, अभिषेक भन्छन् । हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि ‘मिष्टर नेपाल २०२२’ मा फस्ट रनर्सअप भएका थिए ।
अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले ‘मिष्टर इन्टरनेसनल २०२३’ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो । ‘मिष्टर इन्टरनेसनल २०२३’ को मुख्य उपाधि भने स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले जितेका छन् । ३५ देशका प्रतियोगी सहभागी प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए ।
ग्रप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण