संसद बैठक
कांग्रेस सांसद सञ्जय गौतम ‘शून्य समयमा’ ठिङ्ग उभिइरहे, सांसदहरूले टेबल ठोके
बिहीबार, १६ कात्तिक २०८०, १२ : २५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतम प्रतिनिधि सभा बैठकको शून्य समयमा मौन उभिएका छन् । सभामुखले बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा बोलेनन् ।
मौन रूपमा उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने पनि उनले आफ्नो मौन धारण कायम राखे ।
सांसद गौतम मौन उभिइरहेपछि विभिन्न दलका केही सांसदहरूले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए । उनको एक मिनेटको समय सकिएपछि सभामुख घिमिरेले सांसद हर्कमाया विश्वकर्मालाई बोल्न समय दिए ।
सांसद गौतमले किन शून्य समयमा आफू मौन उभिएको भन्नेबारे खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण