रवि लामिछानेले सोधे– ‘यो व्यवस्था अरुका कारणले कि तपाईं हाम्रै कारणले जोखिममा छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा यो व्यवस्था गुम्छ कि भनेर धेरै सांसदहरूमा चिन्ता देखिएको बताउँदै कसका कारण व्यवस्था खतरामा छ छुट्याउन आग्रह गरे । उनले भने– ‘यो व्यवस्था गुम्छ कि भनेर धेरैमा चिन्ता देखियो । तर म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु, के यो व्यवस्था, यो संविधान, अरू कसैका कारण खतरामा छ कि तपाई हाम्रै चरित्र, तपाई हाम्रै व्यवहारका कारणले खतरामा छ ? यो कुरा छुट्याउन जरुरी छ । हामीले व्यवस्था जोगाउनका लागि प्राथमिकता दिएको भए आज यो चिन्ता गर्ने अवस्था आउने थिएन । अहिले हामी यो व्यवस्था जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाइरहेका छौँ छातीमा हात राखेर सोच्ने बेला आएको छ ।’
सांसद लामिछानेले यो व्यवस्थाको चिन्ता हुन्थ्यो भने जेलमा बसेका मानिसहरूलाई कसरी छुटाउने, अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउने भन्ने कुराको चिन्ता नहुने बताए । उनले दलहरूलाई व्यवस्था जोगाउन भन्दा पनि आफ्ना मान्छे जोगाउनु प्राथमिकतामा रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण