रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् ।
उनले आफूहरूले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे । उनले सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महसुस गर्नुपर्ने बताए ।
उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ । सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपिल पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ ।’
’महसुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ । राजीनामा धेरै परको कुराकानी भयो । राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन’ सभापति लामिछानेले भने– ‘नैतिक रूपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो । हामीले पनि उठाउँदै आएको कुरा थियो । त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भने पनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ । आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ । विधिको शासन भन्ने कुरा पनि केही हो भन्ने महसुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ ।’
उनले संसद्को चालु अधिवेशनमा जनअपेक्षा अनुरूप संसद्ले काम गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण