तरमाराहरुको खुसीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुसीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन् ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताए ।
अध्यक्ष ओलीले क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए । उनले हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ ? भन्दै प्रश्न गरे । उनले शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले सरकार संविधान मिच्ने, बहुमतको घमण्ड गर्ने र अहंकार देखाउने काममा लागेको बताए । उनले स्वेच्छाचारी राज चलाउने, बलमिचाइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्नेकुरा रिगल ढकाललाई सर्वोच्च अदालतले आज दिएको आदेशले पनि पुष्टि गरेको बताए । उनले जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागेको बताए ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा बारम्बार संविधान मिच्दा पनि गठबन्धन मौन बसेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशनबाट यी ९ विधेयक पारित गर्ने सरकारको घोषणा
-
नीति तथा कार्यक्रममाथि वर्षमान पुनको टिप्पणी– गन्तव्यविहीन जस्तो लाग्यो
-
सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह
-
नीति तथा कार्यक्रम : शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?
-
शिक्षा, निजामति सेवा र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २२ गतेबाट सुरु हुने