विपिन र वर्षाको ‘काजी’ पोस्टामले प्रचार गर्ने
काठमाडौँ । विपिन कार्की र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म हो ‘काजी’ । लक्ष्मण रिजालको निर्देशन रहने फिल्म अहिले प्रि–प्रोडक्सनमा छ । फिल्मको छायांकन आगामी माघदेखि सुरु हुदैछ ।
फिल्मको छायाँकन अगाडि निर्माण युनिटले वल्र्डवाइड प्रचार प्रसारका लागि सोसियल प्लेटर्फ पोस्टाम डटकमलाई जिम्मा दिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच ‘काजी’का निर्देशक लक्ष्मण रिजाल र पोस्टामका सिइयो रोनिश दाहालबीच फिल्म प्रचार प्रसार सम्झौता भएको हो । पोस्टाम पछिल्लो समय बिकास भएको लोकप्रिय सामाजिक संजाल हो । ‘पोष्टाम’ले ५० लाख बराबर फिल्मको विश्वव्यापी बजार प्रवर्द्धन निःशुल्क रुपमा गर्नेछ ।
निर्देशक रिजालले फेसबुक, टिकटकमा प्रचारका लागि गर्नुपर्ने खर्चको समाधानको रुपमा आफूले ‘पोष्टाम’लाई लिएको बताए । उनले पोस्टाम मार्फत आफूलाई अव फिल्मको संसारभर प्रचार प्रसारका लागि सजिलो हुने सुनाए ।
पोस्टामका सिइयो दाहालले फिल्मको प्रचार सुरुवात टिजर, ट्रेलर, पोस्टरबाटै गर्ने बताए । ‘हामीले आफ्नो बजार पनि अध्ययन गर्नुपर्ने भएकाले अहिलेलाई फिल्मको बजार प्रवर्द्धन निःशुल्क गर्छौ’ दाहालले थपे ।
रोमान्टिक–सोसल ड्रामामा निर्माण हुन लागेको फिल्म ‘काजी’मा विपिन र वर्षाको अलावा विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की लगायत कलाकारको समेत अभिनय रहनेछ ।
बेलायतका विभिन्न स्थानमा छायाङ्कन हुने बताइएको फिल्म सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्नेछ । सन् २०१२–०१३ को बेलायती परिवेशमा छायाङ्कन हुने फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो । फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गणपति’ गत भदौ १४ मा प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण