चाँदी तस्करी
तस्करीको चाँदी झण्डै एक सय किलो रहेको पुष्टि, १३ तोला सुन पनि बरामद
बिहीबार, १६ कात्तिक २०८०, २० : २८
_lglwOSMSyw.jpg)
विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदी ९९ किलो ९९४.५ ग्राम रहेको पुष्टि भएको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको छ ।
प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ ।
सुनचाँदी पसलबाट बिहीबार दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।
विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रलाई विष्णु रिमालको सुझाव : सजग रहनुहोला, बिजुली गयो भन्ने ‘न्यारेटिभ’ बनाइँदै छ !
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
संसद्मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय
-
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही
-
सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै