मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
चाँदी तस्करी

तस्करीको ४० किलो चाँदी बरामद, पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ

बिहीबार, १६ कात्तिक २०८०, १८ : ०३
बिहीबार, १६ कात्तिक २०८०

विराटनगर । करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् ।

प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो । पक्राउ परेका सञ्चालक अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जान भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

विराटनगर भन्सार कार्यालयले भने बरामद चाँदीको परिणामबारे केही बताएको छैन । विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरेको हो ।

chadi-baramad (1)chadi-baramad (2)chadi-baramad (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप