टोलीमा फर्किए दीपेन्द्रसिंह ऐरी
शुक्रबार, १७ कात्तिक २०८०, १० : ३७
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सेमिफाइनल खेल खेल्दैछ ।
दीपेन्द्रले जारी छनोट प्रतियोगितामा एक खेल पनि खेलेका छैनन् । सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए । सिंगापुरविरुद्धको खेल सुरु हुनुअघि उनी अभ्यासका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलगाँठोमा चोट लागेको थियो ।
जारी प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको अर्को सेमिफाइनल खेल ओमान र बहराइनबिच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण