कृषि बीमाको साढे एक अर्ब रकम भुक्तानी हुन सकेन
काठमाडौँ । कृषि क्षेत्रमा बीमा भएका बाली तथा पशुको साढे एक अर्ब रकम भुक्तानी हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि कर्जा बिमा तथा विपद् व्यवस्थापन शाखाका अनुसार दाबी गरिएको बाली तथा पशु बीमा रकमको प्रमाणित हुन नसक्दा एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी हुन नसकेको हो ।
कृषि बीमा तर्फ २० करोड रुपैयाँ र पशुपन्छी बीमा तर्फ १ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको शाखाका अधिकृत अशिष श्रेष्ठले बताए । ‘कृषि बीमा भुक्तानीका लागि भौतिक प्रणाली मार्फत धेरै समय लाग्ने हुँदा यसलाई अनलाइन प्रणालीमा लैजाँदै छौं,’ उनले भने ‘ अनलाइन प्रणालीका लागि सफ्टवेयर बन्दै छ ।’
उनका अनुसार स्थानीय तहबाट बीमा भुक्तानी दाबी भएको रकमको कम्पनीबाट प्रमाणित हुन नसकेकाले रकम भुक्तानी हुन सकेको छैन ।
कृषि बीमाको भुक्तानी रकम गत वर्षको माघदेखि नै बाँकी छ । पशु बीमातर्फ भदौदेखिको रकम बाँकी रहेको श्रेष्ठले बताए ।
कृषि बीमामा फलफूल, तरकारी, अन्न बाली, मौरी, चिया, कफी लगायत बालीको बीमा हुन्छ । यस्तै, पशुपन्छी बीमा अन्तर्गत बाख्रा, अष्ट्रिच, कालिज, माछा लगायतको बीमा गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण