ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको टोली जाजरकोटमा खटियो
शनिबार, १८ कात्तिक २०८०, ०९ : ०१
काठमाडौँ । राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।
पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बाँकी सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिएका छन् ।
सोहीअनुसार शाही टोली सहित जाजरकोटतर्फ प्रस्थान गरिसकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
लिङ्देनले सबै भातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका सबै कार्यकर्ता साथीहरूलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण