सिङ्गो राष्ट्र एक भएर राहत, उद्धार र पुनर्स्थापनामा जुट्न अध्यक्ष तिमिल्सिनाको आग्रह
काठमाडौँ । राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राकृतिक विपत्तिको क्षणमा सिङ्गो राष्ट्र एक भएर घाइतेहरूको उद्धार, पीडितहरूका लागि राहत तथा पुनर्स्थापनाका लागि जुट्न आवश्यक भएको बताएका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमिल्सिनाले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुगेकोमा दुख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने बताएका हुन् ।
‘प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमा नै घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पूर्नस्थापनाका लागि जुट्न आवश्यक छ’, तिमिल्सिनाले राहत र उद्धारका लागि सरकार, सबै राजनैतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह समेत गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सय जना भन्दा बढीको ज्यान गएको छ भने धेरै घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण