जाजरकोट भूकम्प
भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने
शनिबार, १८ कात्तिक २०८०, ११ : ०९

काठमाडौँ । बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरि केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण
-
मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन