भूकम्पबाट भएको क्षतिप्रति पूर्वराजाबाट दुःख व्यक्त
शनिबार, १८ कात्तिक २०८०, ११ : ५८
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार मध्यराति आएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै तिनका परिवाजनप्रति गहिरो सहानुभूति र समवेदना प्रकट गरेका छन् । उनले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्धार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने उनले प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले