भूकम्पबाट भएको क्षतिप्रति पूर्वराजाबाट दुःख व्यक्त
शनिबार, १८ कात्तिक २०८०, ११ : ५८
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार मध्यराति आएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै तिनका परिवाजनप्रति गहिरो सहानुभूति र समवेदना प्रकट गरेका छन् । उनले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्धार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने उनले प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण