धनुषाको सामुदायिक विद्यालयमा चोरी
जनकपुरधाम । धनुषास्थित द्वारिका आधारभूत विद्यालय, रघुनाथपुरमा शुक्रबार राति चोरी भएको छ । सबैला नगरपालिका–१२ मा रहेको उक्त विद्यालयबाट कम्प्युटरसहितका सामान चोरी भएको छ ।
विद्यालयबाट चार थान कम्प्युटर सेट, एक थान अलईन वन कम्प्युटर सेट, ३२ इन्चको एक थान एलईडी, एक थान साउण्ड बक्स र दुई थान माइक चोरी भएको विद्यालयका प्राधानाध्यापक रामशंकर यादवले जानकारी दिए ।
उनका अनुसार चोरहरुले ६२ इन्चको स्मार्ट बोर्ड लग्न नसकेपछि पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएका छन् । पर्खाल चढेर विद्यालयभित्र प्रवेश गरेका चोरले कम्प्युटर राखेको कक्षाकोठाको ताल्चा काटेर चोरी गरेको प्रधानाध्यापक यादवले जनाए ।

विद्यालयमा प्रत्येक शनिबार सञ्चालन हुने बालविकास कक्षा सञ्चालनका लागि कार्यालय सहयोगी पुगेपछि चोरी भएको घटना सार्वजनिक भएको हो । कार्यालय सहयोगी कुलदीप सदाले प्रधानाध्यापक यादवालई चोरी भएको जानकारी गराएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका व्यक्तिहरु पुगेर स्थानीय प्रशासनलाई जानकारी गराएका छन् ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण