भूकम्प पीडितलाई सहयोग गर्ने अर्बपति व्यापारी शेष घलेको घोषणा
काठमाडौँ । एमआइटी ग्रुप फाउन्डेसन संस्थापक अध्यक्ष तथा अर्बपति व्यापारी डा शेष घलेले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । अस्ट्रेलियाकै धनीको सूचीमा रहेका गैरआवासीय नेपाली घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै एमआइटी ग्रुप फाउन्डेसनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने जनाएका हुन् ।
अध्ययनपछि कस्ता अल्पकालीन तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी तथा दिगो हुन्छ सोहीअनुसार स्थानीयहरूका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाएका छन् । एमआईटी ग्रुप फाउन्डेसनले यस दुःखद घटनामा परि निधन भएका सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस मानवीय विपद्को घडीमा सम्पूर्णमा सहयोग, सहकार्य र समन्वयको लागि समेत उनले समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण