सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई सहयोग गर्ने अर्बपति व्यापारी शेष घलेको घोषणा

शनिबार, १८ कात्तिक २०८०, १७ : ४२
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । एमआइटी ग्रुप फाउन्डेसन संस्थापक अध्यक्ष तथा अर्बपति व्यापारी डा शेष घलेले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । अस्ट्रेलियाकै धनीको सूचीमा रहेका गैरआवासीय नेपाली घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै एमआइटी ग्रुप फाउन्डेसनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने जनाएका हुन् । 

अध्ययनपछि कस्ता अल्पकालीन तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी तथा दिगो हुन्छ सोहीअनुसार स्थानीयहरूका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाएका छन् । एमआईटी ग्रुप फाउन्डेसनले यस दुःखद घटनामा परि निधन भएका सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस मानवीय विपद्को घडीमा सम्पूर्णमा सहयोग, सहकार्य र समन्वयको लागि समेत उनले समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप