आईसीसी एकदिवसीय विश्वकप
वोक्सको घातक बलिङ, २ सय ८६ रनमा समेटियो अस्ट्रेलिया
शनिबार, १८ कात्तिक २०८०, १८ : १६
अहमदाबाद । भारतमा जारी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डसामु २ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २ सय ८६ रन बनायो ।
अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक ७१ रनको पाली खेले । उनले ८३ बलमा ७ चौका हिर्काए । त्यस्तै, क्यामरुन ग्रिनले ४७ तथा स्टीभन स्मिथले ४४ रनको योगदान दिए । मार्कस स्टोइनिस र एडम जाम्पाले क्रमशः ३५ र २९ रन बनाए ।
अस्ट्रेलियालाई सस्तोमा समेट्न इंग्ल्याण्डका लागि क्रिस वोक्सले ४ विकेट लिए । त्यस्तै, मार्क वुड र आदिल रसिदले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण