जसपा सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक सङ्घको केन्द्रीय समिति गठन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)सम्बद्ध स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक सङ्घको केन्द्रीय समिति गठन भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमबहादुर तामाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको हो ।
भेलाले समितिको उपाध्यक्षमा सागर केसी, महासचिवमा कृष्ण नेपाली, सचिव देवबहादुर तामाङ र कोषाध्यक्षमा बद्रीबहादुर दुलाल चयन गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वा प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिहरूमा राजनीतिक समिति सदस्य प्रेम थापा, राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, समाजवादी ट्रेड युनियन महासङ्घका संरक्षक प्रचण्ड पौडेललगायतले सम्बोधन गरेका थिए ।
ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्सालले कार्य समितिको नामावली घोषणा गरेका थिए । स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघ समाजवादी ट्रेड युनियन महासङ्घ अन्तर्गतको घटक सङ्गठन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण