बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – रासी भान डेर डुसेन (दक्षिण अफ्रिका)

आइतबार, १९ कात्तिक २०८०, १० : २२
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । दक्षिण अफ्रिकी टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान हुन्, रासी भान डेर डुसेन । ३४ वर्षीय अनुभवी खेलाडी डुसेनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण अफ्रिकालाई सफलता दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । 

जारी विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी नवौँ स्थानमा छन् । उनले यो विश्वकपमा दक्षिण अफ्रिकाका लागि ५०.४२ को औसतले कुल तीन सय ५३ रन बनाइसकेका छन् । 

यो विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनीभन्दा अगाडि एडिन मारक्रम (३६२ रन) मात्र छन् । यसका अतिरिक्त एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि उनी पाँचौँ स्थानमा छन् । यो विश्वकपको एकै पालीमा उनले एक सय ३३ रन बनाएका छन् । 

जारी विश्वकपको श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमै डुसेनले एक सय आठ रन बनाएका थिए । उनले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । ५६ एकदिवसीय खेलको ५० पालीमा उनले ५५.६७ को औसतले कुल दुई हजार दुई सय २७ रन बनाएका छन् । 

एकदिवसीय खेलमा उनले ६ शतक र १३ वटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय ३४ रन हो । उनले देशका लागि १८ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ३०.१६ को औसतले कुल नौ सय पाँच रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर ९८ रन हो । यसका अतिरिक्त उनले दक्षिण अफ्रिकाका लागि ४३ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ३४.५४ को औसतले कुल एक हजार ७१ रन बनाएका छन् । 

टी—२० मा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी—२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित ९४ रन हो । यी अलराउन्डर खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा विकेट पनि लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप