प्रभाव पार्न सक्ने खेलाडी - मोहम्मद शामी (भारत)
काठमाडौँ । भारतीय टोलीका तीव्र गतिका बलर हुन्, मोहम्मद शामी । शामीले जारी विश्वकपमा पनि भारतका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ३३ वर्षीय शामीले जारी विश्वकपमा हालसम्म १४ विकेट लिइसकेका छन् ।
यो विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी छैटौँ नम्बरमा छन् । यो विश्वकपमा उनीभन्दा बढी विकेट लिने भारतीय जसप्रित बुहराह (१५ विकेट) मात्र हुन् । यी दायाँ हाते तीव्र गतिका बलरले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
शामीले हालसम्म भारतका लागि ९७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले एक सय ८५ विकेट लिइसकेका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन १८ रन दिएर पाँच विकेट हो ।
उनले एकदिवसीय क्रिकेटमा चारपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । १० पटक उनले चार विकेट लिएका छन् । उनले देशका लागि ६४ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले दुई सय २९ विकेट लिइसकेका छन् ।
टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन ५६ रन दिएर ६ विकेट हो । टेस्ट क्रिकेटको दुवै पालीमा भने उनले एक सय १८ रन दिएर नौ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले ६ पटक पाँच वा त्योभन्दा बढी विकेट हात पारिसकेका छन् ।
यसैगरी उनले भारतका लागि २३ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० क्रिकेटमा उनले २४ विकेट हात पारेका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन १५ रन दिएर तीन विकेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण