बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी - मोहम्मद शामी (भारत)

आइतबार, १९ कात्तिक २०८०, १० : ३८
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । भारतीय टोलीका तीव्र गतिका बलर हुन्, मोहम्मद शामी । शामीले जारी विश्वकपमा पनि भारतका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ३३ वर्षीय शामीले जारी विश्वकपमा हालसम्म १४ विकेट लिइसकेका छन् । 

यो विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी छैटौँ नम्बरमा छन् । यो विश्वकपमा उनीभन्दा बढी विकेट लिने भारतीय जसप्रित बुहराह (१५ विकेट) मात्र हुन् । यी दायाँ हाते तीव्र गतिका बलरले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

शामीले हालसम्म भारतका लागि ९७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले एक सय ८५ विकेट लिइसकेका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन १८ रन दिएर पाँच विकेट हो ।

उनले एकदिवसीय क्रिकेटमा चारपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । १० पटक उनले चार विकेट लिएका छन् । उनले देशका लागि ६४ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले दुई सय २९ विकेट लिइसकेका छन् । 

टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन ५६ रन दिएर ६ विकेट हो । टेस्ट क्रिकेटको दुवै पालीमा भने उनले एक सय १८ रन दिएर नौ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले ६ पटक पाँच वा त्योभन्दा बढी विकेट हात पारिसकेका छन् । 

यसैगरी उनले भारतका लागि २३ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० क्रिकेटमा उनले २४ विकेट हात पारेका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन १५ रन दिएर तीन विकेट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप