सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुगमले अस्ट्रेलियामा दर्शकलाई माइक्रोफोनले झटारो हानेको भिडियो भाइरल

आइतबार, १९ कात्तिक २०८०, १६ : ५४
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । 

उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ ।

भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ (अस्ट्रेलिया) पहिलोपटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।  

त्यसलगत्तै नेपालमा भूकम्प गएको र भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या भन्छन् । त्यसपछि मृत्यु हुनेका लागि मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई तारगेट गर्दै माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ ।

sugam2

उनको त्यो क्रियाकलापमा सुरक्षा गार्डले अवरोध गरेर पुनः स्टेजमा फर्काएको देख्न सकिन्छ । स्टेज फर्केपछि उनले पुनः स्टेजबाट केही टिपेर दर्शकलाई हानेको देख्न सकिन्छ ।

मागे माफी

स्टेजमा दर्शकलाई माइक्रोफोनले हानेको भिडियोका कारण आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमा लाइभमार्फत नेपाली समाज संवेदनाहीन भइरहेको हो र ? भनेर प्रश्न गरेका छन् ।

‘देशलाई भूकम्पले गर्दा दुखिरहेको छ । देशलाई दुख्दा मलाई दुख्छ म नेपाली कलाकार हो । तपाईँले गर्दा भएको हो । हिजोको कार्यक्रम मौन धारण गरौँ भनेको थिए । त्यहाँ भिडियोमा देख्न सक्नुहुन्छ । एक्सनको रियाक्स त्यसको कारणले हो’ उनले अगाडि भनेका छन्, ‘कसैको नेपाली मनलाई चित्त दुखाए भने क्षमा चाहन्छु । जहिले पनि नेपाली सङ्गीतको सेवा गर्नेछु ।’  

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप