भूकम्प प्रभावितलाई राप्रपाले २५ लाख दिने
आइतबार, १९ कात्तिक २०८०, १३ : २३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलबसहित पार्टीका तर्फबाट २५ लाख रकम सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ । गत शुक्रवार राती जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण १५७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण