मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम पश्चिमको आठविसकोटमा आइपुग्यो राहत सामग्री

आइतबार, १९ कात्तिक २०८०, १५ : २८
आइतबार, १९ कात्तिक २०८०

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत सामग्री आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो । 

आजदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नगरपालिकामा पहिलो चरणमा बिस्कुट, चाउचाउ,  त्रिपाललगायत सामग्री आइपुगेको आठबीसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार अन्य ठाउँबाट पनि राहत सामग्री आउने क्रम जारी छ । 

नगरपालिकाबाट दाल, चामल, नुन, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित  क्षेत्रमा जाने तयारी भइरहको आठबीसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए । पहिलो चरणमा २८ परिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिने छ । 

आजै प्रभावित क्षेत्र आठबीसकोट–११, १२, १३ र १४ वडाका भूकम्पपीडित परिवारलाई राहत सामग्री वितरण गरिने उनले जानकारी दिए । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप