श्रीलंकाले अस्ट्रेलिया र वेस्ट इन्डिजसँग वाकओभर पाएको विश्वकप
काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए । त्यो विश्वकपमा श्रीलंका, अस्ट्रेलिया र वेस्ट इन्डिज एउटै समूहमा परेका थिए ।
अस्ट्रेलिया र वेस्ट इन्डिजले समूहगत चरणमा श्रीलंकाविरुद्धको खेल उसैको घरेलु मैदानमा खेल्नु पर्ने थियो । तर, अन्तिम समयमा आएर अस्ट्रेलिया र वेस्ट इन्डिजले सुरक्षाको कारण देखाउँदै श्रीलंकामा खेल्न मानेनन् । यी दुई राष्ट्रले आफ्नो खेल श्रीलंकाबाट अन्यत्र सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग माग पनि गरेका थिए । तर, आईसीसीले उनीहरूको माग अस्वीकार गर्यो ।
त्यसपछि अस्ट्रेलिया र वेस्ट इन्डिज समूहगत चरणको खेल खेल्न श्रीलंका गएनन् । सोही कारणले समूहगत चरणमा श्रीलंकाले दुवै खेलमा वाकओभर पायो । यसरी आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा समूहगत चरणको दुई खेलमा वाकओभर पाउने श्रीलंका एकमात्र टोली बन्न पुग्यो ।
सोही कारणले श्रीलंका आफ्नो समूहमा पहिलो हुँदै अर्को चरणमा पुग्न सफल भयो । यद्यपि, श्रीलंकासँगै अस्ट्रेलिया र वेस्ट इन्डिज पनि उक्त विश्वकपको नकआउट चरणमा पुग्न सफल भएका थिए । त्यो विश्वकपको फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो । फाइनल खेल भने लाहोरमा खेलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण