श्रीलंकाले अस्ट्रेलिया र वेस्ट इन्डिजसँग वाकओभर पाएको विश्वकप

काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए । त्यो विश्वकपमा श्रीलंका, अस्ट्रेलिया र वेस्ट इन्डिज एउटै समूहमा परेका थिए ।
अस्ट्रेलिया र वेस्ट इन्डिजले समूहगत चरणमा श्रीलंकाविरुद्धको खेल उसैको घरेलु मैदानमा खेल्नु पर्ने थियो । तर, अन्तिम समयमा आएर अस्ट्रेलिया र वेस्ट इन्डिजले सुरक्षाको कारण देखाउँदै श्रीलंकामा खेल्न मानेनन् । यी दुई राष्ट्रले आफ्नो खेल श्रीलंकाबाट अन्यत्र सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग माग पनि गरेका थिए । तर, आईसीसीले उनीहरूको माग अस्वीकार गर्यो ।
त्यसपछि अस्ट्रेलिया र वेस्ट इन्डिज समूहगत चरणको खेल खेल्न श्रीलंका गएनन् । सोही कारणले समूहगत चरणमा श्रीलंकाले दुवै खेलमा वाकओभर पायो । यसरी आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा समूहगत चरणको दुई खेलमा वाकओभर पाउने श्रीलंका एकमात्र टोली बन्न पुग्यो ।
सोही कारणले श्रीलंका आफ्नो समूहमा पहिलो हुँदै अर्को चरणमा पुग्न सफल भयो । यद्यपि, श्रीलंकासँगै अस्ट्रेलिया र वेस्ट इन्डिज पनि उक्त विश्वकपको नकआउट चरणमा पुग्न सफल भएका थिए । त्यो विश्वकपको फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो । फाइनल खेल भने लाहोरमा खेलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपी साउद परराष्ट्र मन्त्रालय र सरकारप्रति किन असन्तुष्ट ?
-
अहिंसा महोत्सव आगामी भदौमा, प्रवेश निःशुल्क
-
रश्मिकासँग इन्गेजमेन्ट गरेका हुन् विजयले ?
-
नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो
-
होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न
-
आफू नेतृत्वको सरकारले इतिहासमा नमेटिने रेकर्ड राखेको छ : प्रचण्ड