कीर्तिमानी शतकपछि विराट र सचिनले के भने ?
मुम्बई । श्रीलंकाविरुद्धको खेलमा आफ्नो ४९ औं शतक प्रहार गरेका विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन् । तर विराट कोहलीले यो कीर्तिमान बराबरी गरे पनि सचिन तेन्दुलकरसँग आफ्नो बराबारी हुन नसक्ने बताएका छन् ।
आइतबार आफ्नो ३५ औं जन्मदिनमा विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्ध १२१ बलमा १०१ रन बनाएका थिए । उनको शानदार इनिङले टोलीलाई २४३ रनको जित दिलायो। खेलपछि कोहलीले भने, ‘यो सब अहिले मेरो लागि धेरै छ, मेरो हिरोको कीर्तिमान बराबरी गर्नु मेरो लागि विशेष हो । जब ब्याटिङको कुरा आउँछ, उहाँ उत्कृष्ट हुनुहुन्छ, म उहाँ जत्तिकै राम्रो हुन सक्दिनँ।
यो मेरो लागि धेरै भावनात्मक क्षण हो, मलाई थाहा छ म कहाँबाट आएको छु। एक दिन थियो जब मैले उसलाई (सचिन तेन्दुलकर) टिभीमा देखेको थिएँ र अहिले उहाँबाट प्रशंसा पाउनु मेरो लागि ठूलो अर्थ हो।’
विराट कोहलीले कीर्तिमान बनाएपछि सचिन तेन्दुलकरले लेखेका छन्, ‘विराट राम्रो खेले! ४९ बाट ५० मा पुग्न मलाई ३६५ दिन लाग्यो, मलाई आशा छ कि तिमी चाँडै ४९ बाट ५० मा पुग्नेछौ र अबको केहि दिनमा मेरो रेकर्ड तोड्ने छौँ, बधाई छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण