मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बल्ल बिउँझियो समाजवादी मोर्चा : राहत र पुर्नस्थापनामा पहलकदमी लिन आह्वान

सोमबार, २० कात्तिक २०८०, १४ : ५३
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । सत्तारुढ दल आबद्ध समाजवादी मोर्चा भूकम्प गएको तीन दिनपछि बिउँझिएको छ । जाजरकोटमा केन्द्रबिन्दु भएर शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको चार दिनपछि मोर्चाले बल्ल भूकम्प प्रभावितहरुलाई सहयोग गर्न विज्ञप्ति निकालेर आह्वान गरेको छ । 

मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै जाजरकोटमा १७ गते गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत, उपचार र पुर्नस्थापनाका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।

साथै समाजवादी मोर्चाले विपत्तिमा परेका नागरिकहरुलाई मानवीय सेवा तता सहायता उपलब्ध गराउन देशका तीनै तहका सरकारसहित जनप्रतिनिधि, रेडक्रस तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु, सुरक्षा संयन्त्र र देशविदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीसँग आह्वान गरेको छ । 

मोर्चाले संकटको घडीमा उद्धार, राहत र पुर्नस्थापनामा आवश्यक पहलकदमी लागि मोर्चा आबद्ध नेता कार्यकतालाई आह्वान गरेको छ ।

m

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप