बल्ल बिउँझियो समाजवादी मोर्चा : राहत र पुर्नस्थापनामा पहलकदमी लिन आह्वान
काठमाडौँ । सत्तारुढ दल आबद्ध समाजवादी मोर्चा भूकम्प गएको तीन दिनपछि बिउँझिएको छ । जाजरकोटमा केन्द्रबिन्दु भएर शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको चार दिनपछि मोर्चाले बल्ल भूकम्प प्रभावितहरुलाई सहयोग गर्न विज्ञप्ति निकालेर आह्वान गरेको छ ।
मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै जाजरकोटमा १७ गते गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत, उपचार र पुर्नस्थापनाका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।
साथै समाजवादी मोर्चाले विपत्तिमा परेका नागरिकहरुलाई मानवीय सेवा तता सहायता उपलब्ध गराउन देशका तीनै तहका सरकारसहित जनप्रतिनिधि, रेडक्रस तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु, सुरक्षा संयन्त्र र देशविदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीसँग आह्वान गरेको छ ।
मोर्चाले संकटको घडीमा उद्धार, राहत र पुर्नस्थापनामा आवश्यक पहलकदमी लागि मोर्चा आबद्ध नेता कार्यकतालाई आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण