जगदम्बा मोटर्सको महाएक्सचेन्ज महोत्सव भृकुटीमण्डपमा आयोजना हुँदै

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महाएक्सचेन्ज महोत्सवको आयोजना गर्ने तयारी गरेको छ । महोत्सव काठमाडौँको भृकुटी मण्डपमा नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।
महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू हात पार्न सक्नेछन् । उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा रु. ५० हजार सम्मको एक्सचेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्यास डिस्काउन्ट र साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।
यसको साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेलमेट, बाइक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पूर्ण सुविधाका साथै शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप