मृत भेटिएका सेनाका लेसनायक आफैँ लडेको अनुसन्धानको निष्कर्ष
काठमाडौँ । काठमाडौँको सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकमा शनिबार मृत अवस्थामा फेला परेका थिए चन्द्रागिरि घर भएका सुमन कार्की । २६ वर्षीय सुमन नेपाली सेनाको लेस नायक हुन् ।
जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत कार्कीको ‘लडेर मृत्यु’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । घटनास्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरामा सुमन हिँड्दै गरेको अवस्थामा लडेको देखिएको छ । घोप्टो परेको अवस्थामा उनी लडेको क्यामरामा देखिएको र त्यही अवस्थामा शव फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
सुमनको मोबाइल घटनास्थलमा भेटिएको छैन । सुमन मृत अवस्थामा भेटिएको स्थानमा बिजुलीको पोलमा एउटा कागज टाँसेको भेटिएको छ । कागजमा लेखिएको छ–‘विनोद रेष्ट इन पिस ।’
सो नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । ढुंगेलले भने,‘मृतको नाम र नोटमा उल्लेखित नाम फरक छ, हामी त्यसबारे अनुसन्धान गरिरहेका छौँ ।’
आफन्तकोमा आयोजित भोजमा सहभागी भएर सुमन काठमाडौँ महानगरपालिका–१३ स्थित दरबार बैंक्वेट अगाडि हिँड्दै आएको अनुसन्धानबाट थाहा भएको छ । त्यसदिन उनले मापसे गरेको आफन्तहरूले प्रहरीलाई बताएका छन् । ‘घटनास्थलमा साँझ ८ बजे उनी हल्लिँदै हिँडेको र लडेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘अहिलेसम्मको अनुसन्धानमा घटना शंकास्पद देखिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
पहिलो म्याचिङ् लिस्टबाट छात्रवृत्तिका लागि ३ हजार ५१ जना विद्यार्थी भर्ना: दोस्रो म्याचिङ लिस्टमा ४८६ जना विद्यार्थी
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण