विवादास्पद खेलमा ९ खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो

लण्डन । अराजकता र विवादबिच चेल्सीले नौ खेलाडीमा सीमित बनेको टोटनह्याम हटस्पर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा चेल्सी ४–१ गोलले विजयी भएको हो ।
खेलमा कूल ५ वटा गोल भएका थिए भने त्यति नै गोल रद्द भएका थिए भने स्पर्सका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलमा स्पर्सले उत्कृष्ट सुरुवात गरेको थियो । छैटौँ मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि राहिम स्टर्लिङ र मोइसेस काइसेडोको एक–एक वटा गोल क्रमशः ह्यान्ड बल र अफसाइड भन्दै रद्द गरिएको थियो । तर, ३३ औँ मिनेटमा क्रिस्टियन रोमेरोले विपक्षी खेलाडीलाई फल हानेपछि चेल्सीले पेनाल्टी पायो । रोमेरोले पनि स्पर्सको करियरमा चौथो रातो कार्ड पाए । पेनाल्टीको अवसरलाई कोल पाल्मरले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
दोस्रो हाफको सुरुवातमा डेस्टिनी उडोगीले रातो कार्ड पाएपछि स्पर्स ९ खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै ७५ औँ मिनेटमा निकोलास ज्याक्सनले चेल्सीलाई खेलमा अग्रता दिलाए । इन्जुरी समयमा थप दुई गोल गर्दै उनले आफ्नो ह्याट्रिक पनि पूरा गरे ।
पराजयपछि स्पर्सले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ११ खेलबाट २६ अङ्कसहित टोली दोस्रो स्थानमा छ । उता चेल्सी भने १५ अङ्क बटुल्दै १० औँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन