सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘एथर’ अब नेपाली बजारमा, कस्तो होला व्यवसाय ?

मङ्गलबार, २१ कात्तिक २०८०, १३ : २०
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘एथर’ नेपाल भित्रिएको छ । व्यावसायिक घरान ‘वैद्य इनर्जी’ले एथरलाई नेपाल भित्र्याएको हो ।

आइतबार औपचारिक कार्यक्रममार्फत एथर सार्वजनिक गरेसँगै कम्पनीले सोही दिनदेखि स्कुटरको बिक्री वितरण समेत सुरु गरेको छ । काठमाडौँको गैरीधारामा पहिलो अन्तर्राष्ट्रिय स्तरको शोरुमा सञ्चालन गर्दै कम्पनीले स्कुटरको बिक्री वितरण सुरु गरेको हो । 

कम्पनीको पहिलो शोरुमबाट एथरको प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट सार्वजनिक गरेको छ । एथर ४५० एक्स आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल रहेको बताएको कम्पनीले एथर ४५० एक्स दुई फरक ब्याट्री अप्सनमा उपलब्ध गराएको छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

एथर ‘४५० एक्स’ लाई सिङ्गल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले उपलब्ध छ । जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

साथै स्कुटरमा सेग्मेन्ट फ्रष्ट फिचरको रूपमा हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ जस्ता फिचर समेत उपलब्ध छन् ।

शोरुमा उद्धघाटन कार्यक्रममा बोल्दै ‘आफूहरू सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नोलोजीमा विश्वास गर्छौ । त्यसमा एथरका उत्पादन फिट हुने हाम्रो विश्वास छ’, सीईओ सुयान्स वैद्यले भने ।

त्यस्तै एथर इन्डियका रभनित पोखेलाले एथरको पहिलो अन्तर्राष्ट्रिय बजारको रूपमा नेपाल आउन पाउँदा आफूहरू उत्साहित भएको र नेपालमा एथरका स्कुटरले नेपाली सडकमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । 

एथरको सुरुवाती बजार मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप