बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यो कम्पनीका कर्मचारीले हप्तामा तीन दिन घरबाटै काम गर्न पाउने

मङ्गलबार, २१ कात्तिक २०८०, १६ : २६
मङ्गलबार, २१ कात्तिक २०८०

बैंगलुरु । भारतको चौथो ठूलो आईटी सेवा प्रदायक कम्पनी विप्रोले आफ्ना कर्मचारीहरूलाई हप्तामा तीन दिन घरबाटै काम गर्न भनेको छ । कम्पनीले कर्मचारीलाई यससम्बन्धी इमेल पठाएको भन्दै रोयटर्सले मंगलबार यस्तो समाचार छापेको हो । कम्पनीले विश्वभर काम गर्ने आफ्ना कर्मचारीका लागि यो नियम जारी गरेको हो ।

कोरोना भाइरसको महामारीका बेलामा विश्वभर वर्क फ्रम होम नीति अपनाइएको थियो । पछिल्लो समय कार्यालय नआइकन टाढैबाट काम गर्ने यो नीतिलाई एप्पल देखि फेसबुकसम्म अधिकांक ठूला कम्पनीहरूले धमाधम उल्ट्याएका छन् । कार्यालयमै आएर काम गर्दा कर्मचारीबीच राम्रो कुराकानी हुने अनि सहकार्य पनि अपेक्षाकृत राम्रो हुने भन्दै अधिकांशले रिमोट वर्क नीति उल्ट्याएका छन् वा यसमा संसोधन गरेका छन् । गएको हप्ता भारतको दोस्रो ठूलो सफ्टवेयर सेवा निर्यातकर्ता कम्पनी इन्फोसिसले पनि केही कर्मचारीहरुलाई महीनामा १० दिन कार्यालयमै आएर काम गर्न भनेको थियो ।

भारतको सबैभन्दा ठूलो आईटी कम्पनी टीसीएसले पनि कर्मचारीहरुलाई हप्तामा ५ दिन कार्यालयमै आउन भनेको छ ।  तर विप्रोले भने मे देखि नै कर्मचारीहरुलाई हप्तामा तीन दिन मात्रै कार्यालयमा आएर काम गर्न प्रोत्साहन दिइरहेको छ । अहिले कम्पनीका ५५ प्रतिशत कर्मचारीहरु हप्तामा ३ दिन कार्यालयमा आउँछन् भने ३ दिन घरबाटै काम गरिरहेका छन् । सेप्टेम्बर ३० सम्मको आकडाअनुसार विश्वभर विप्रोका २ लाख ४४ हजार ७०७ जना कर्मचारी थिए । विप्रोको नयाँ नियम नोभेम्बर १५ देखि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप