चेम्बर अफ कमर्सद्वारा कोसोभोसँग व्यापारिक साझेदारीको प्रस्ताव
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् ।
कोसोभोमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना नभए पनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासँग अध्यक्ष मल्लले आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गर्दछु, ।’
नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । दुई मुलुकबिच व्यापार सहजीकरण एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउन समेत उनले आग्रह गरे ।
राजदूतसँगको भेटका क्रममा अध्यक्ष मल्लले संयुक्त राष्ट्रसंघमार्फत कोसोभोको शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको स्मरण गरेका थिए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफू निकै प्रभावित भएको बताए । उनले दुई मुलुकबिच व्यापार सहजीकरणका लागि पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण