शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनतेरसमा किन किनिन्छ सुन र पितल ?

बुधबार, २२ कात्तिक २०८०, ११ : ३४
बुधबार, २२ कात्तिक २०८०

काठमाडौं । यो वर्षको धनतेरस कात्तिक २४ अर्थात् यही शुक्रबार परेको छ । यो दिनमा सुन वा पितल आदि धातु किन्दा धनसम्पत्तिमा वृद्धि हुने मान्यता छ । तर यो दिन सुन, पितल जस्ता वस्तु वा गर–गहना किन किनिन्छ ? तपाईलाई थाहा छ ? धनतेरसमा सुन किन्नुको फाइदा के के हुन्छ ? आज यसबारे हामी कुराकानी गर्नेछौं ।

पौराणिक मान्यताअनुसार भगवान धन्वन्तरीको उत्पत्ति सागर मंथनको समयमा भएको थियो । त्यति बेला उनको हातमा अमृतको कलश थियो । धन्वन्तरीलाई देवी लक्ष्मीको भाइ पनि भनिन्छ । उनको प्रिय वस्तु पहेँलो रंग र पितल हो । त्यसैले धनवन्तरीलाई खुसी बनाउन धनतेरसको दिनमा सुन र पितलको भाँडाकुडा किन्ने गरिएको हो । धनवन्तरी देवताहरूका वैद्य पनि हुन् । यिनको आशिर्वादले सुख, समृद्धि र आयुमा वृद्धि हुने विश्वास छ ।

धनतेरसमा सुन किन्नुको फाइदा के छ ?

यो दिनमा सुन, पितल आदि किन्दा धन र वैभवमा अभिवृद्धि हुन्छ । भगवान धनवन्तरी प्रसन्न हुन्छन् अनि उनको कृपााले स्वास्थ्य पनि राम्रो हुने विश्वास छ । यिनको आशिर्वादले उमेर बढ्छ । अम्मलहरु भाग्छन् । यो दिनमा सुन किनेर यमरातमा दीप दान गर्दा मृत्युको भय पनि समाप्त हुने धार्मिक विश्वास छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप