म्याक्सवेलको इनिङ्सबारे के भने सचिन, सहवाग र लक्ष्मणले ?
मुम्बई । अफगानिस्तानविरुद्ध ग्लेन म्याक्सवेलले शानदार पाली खेल्दै १ सय २८ बलमा २०१ रन बनाए । उनले आफ्नो पालीमा २१ चौका र १० छक्का प्रहार गरे ।
उनको दोहोरो शतकको मद्दतले अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध लगभग हारी सकेको बाजी उल्टाएको थियो । म्याक्सवेलको यस पालीलाई क्रिकेटका फ्यान र जानकारहरूले जादुमयी बताइरहेका छन् । महान् खेलाडी सचिन तेन्दुल्करले म्याक्सवेलको पालीलाई आफ्नो जीवनमा देखेको सबैभन्दा उत्कृष्ट पाली भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इब्राहिम जारदानको शानदार पालीले अफगानिस्तानलाई राम्रो स्थितिमा पुर्यायो । उनीहरूले दोस्रो हाफमा पनि राम्रो सुरुवात गरे र ७० ओभरसम्म राम्रो क्रिकेट खेले तर अन्तिम २५ ओभरमा ग्लेन म्यासवेलले जे गरे त्यसले खेलको भाग्य नै बदलियो । म्याक्स प्रेसरमा म्याक्स परफर्मेन्स १ यो मेरो जीवनमा हेरिएको सर्वश्रेष्ठ एकदिवसीय पाली हो ।’
उता वीरेन्द्र सहवागले म्याक्सवेल यस पालीलाई एकदिवसीय क्रिकेटको सबैभन्दा महान् पाली मध्ये एक भएको बताएका छन् । उनले यसलाई लामो समय याद गरिने जिकिर गरे । उनले खेलपछि सामाजिक सञ्जालमा लेखे, ‘रन पछ्याउँदै २ सय बनाउनु, यो एकदिवसीय इतिहासको सबैभन्दा महान् पाली मध्ये एक हो । प्याट कमिन्सले उनलाई राम्रो साथ दिए । यस पालीलाई लामो समय याद राखिनेछ ।’
भीभीएस लक्ष्मणले पनि एक्समा लेखेका छन्, ‘क्रिकेट मैदानमा सबैभन्दा उत्कृष्ट व्यक्तिगत पालीहरूमध्ये एक...अहिलेसम्मको सबैभन्दा महान् पालीमध्ये एक । यसले कहिले पनि हार मान्नुहुँदैन भन्ने शिक्षा दियो । म्याक्सवेलका लागि ताली । यो अविश्वसनीय पाली हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण