सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपाका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश गर्दै

बुधबार, २२ कात्तिक २०८०, १४ : २४
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियार (पर्सा) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

उनी मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् । पर्सामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले उनलाई प्रवेश गराउने जनाइएको छ । रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।  

नेतृत्वको गलत रवैयाका कारण जसपामा काम गर्न गाह्रो भएको बताउँदै उनले पार्टीमा कामभन्दा बढी गुटबन्दी हुने गरेको आरोप लगाए ।

पर्सामा पार्टी विवाद चलिरहेको छ । त्यहाँ पार्टीका दुई जना अध्यक्षले आआफ्नो गतिविधि गरिरहेका छन् । तर केन्द्रबाट कुनै हस्तक्षेप छैन । नेताहरुका अराजकता बढ्दै गएको कारण त्यहाँ काम गर्ने वतावरण नरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप