जसपाका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश गर्दै
बुधबार, २२ कात्तिक २०८०, १४ : २४
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियार (पर्सा) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
उनी मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् । पर्सामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा अोलीले उनलाई प्रवेश गराउने जनाइएको छ । रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।
नेतृत्वको गलत रवैयाका कारण जसपामा काम गर्न गाह्रो भएको बताउँदै उनले पार्टीमा कामभन्दा बढी गुटबन्दी हुने गरेको आरोप लगाए ।
पर्सामा पार्टी विवाद चलिरहेको छ । त्यहाँ पार्टीका दुई जना अध्यक्षले आआफ्नो गतिविधि गरिरहेका छन् । तर केन्द्रबाट कुनै हस्तक्षेप छैन । नेताहरुका अराजकता बढ्दै गएको कारण त्यहाँ काम गर्ने वतावरण नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण