रणवीर र रश्मिकाको ‘एनिमल’लाई अमेरिकामा ८ सय ८८ हल
बुधबार, २२ कात्तिक २०८०, १५ : ०९
मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ रिलिज भएको छैन । फिल्मले अहिले देखिनै रेकर्ड बनाउन थालेको छ ।
फिल्म अमेरिकाको ८ सय ८८ भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । जुन बलिउड फिल्मका लागि अहिलेसम्मकै धेरै हल हो । यस अगाडि अमेरिकामा शाहरुखको ‘जवान’ले ८ सय ५० र रणवीरकै ‘ब्रम्हास्त्र’ले ८ सय १० पर्दामा पाएको थियो ।
ग्याङ स्टारको कथामा निर्माण भएको फिल्मले बुबा र छोरीको कथा भन्छ । फिल्मको टिजरमा रणवीर र बबी देओल खतरनाक लुक्समा समेत देखिएका छन् । फिल्ममा साउथ स्टार रश्मिका मन्दानाको पनि अभिनय छ । रणवीर र रश्मिको फिल्म सहकार्य यो पहिलो हो । फिल्म सन्दीप रेड्डी वांगाले बनाएका हुन् ।
डिसेम्बर १ मा एकसाथ ५ भाषामा रिलिज हुने फिल्मले फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण