आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पका घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्यमन्त्रीलाई राष्ट्रपतिको आग्रह

बुधबार, २२ कात्तिक २०८०, १८ : १६
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा  प्रभावकारी  उपचार सेवामा  कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसँग उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा  जानकारी लिएपछि सो आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए । सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहबारे पनि चासो राखेका थिए । 

जाडोयामसँगै देखापर्ने  विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न पनि उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप