भूकम्पका घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्यमन्त्रीलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसँग उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए । सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहबारे पनि चासो राखेका थिए ।
जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण