भूकम्प प्रभावित क्षेत्रका नागरिकको समस्या समाधानमा सरकार लागिरहेको छ : मुख्यमन्त्री शर्मा
रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रमा रहेका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प पीडितहरूको तत्कालको समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताएका छन् । राहतका लागि पालिकालाई बजेट पठाउनेदेखि राहत सामाग्री प्रभावित क्षेत्रमा पठाउने कार्य भइरहेको उनको भनाइ छ ।
भूकम्पले सृजना गरेको विपत्तिलाई सबै एकताबद्ध भएर सामना गर्नुपर्ने उनको भनाइ छ । बुधबार चौरजहारी नगरपालिका–४ का भूकम्प प्रभावितलाई राहत हस्तान्तरण गर्दै शर्माले भने, ‘विपत्तिलाई एक्लै होइन सामूहिकतामा मात्र सामान गर्न सम्भव छ । राहत पुनर्स्थापन र पुनर्निर्माण कार्य सबै मिलेर मात्र पूरा गर्न सकिन्छ ।’
शर्माले भूकम्प प्रभावितको खोज उद्धार, उपचारकार्य पश्चात् राहत र पुनस्थापनामा ध्यानअघि बढेको बताए । ‘जनताको सक्रियता, सरकार, सहयोगीदाता सबैको पहलबाट चुनौतीको सामना गर्न सकिन्छ,’ उनले भने, ‘ प्राकृतिक विपत्तिसँगै प्रभावितहरूको साथमा सरकार छ ।’
भूकम्प प्रभावित क्षेत्रमा प्रदेशको सिंगो मन्त्रिपरिषद् खटिएको छ । भूकम्प प्रभावितहरुले भने मुख्यमन्त्री शर्मासमक्ष तत्काल अस्थायी बसोबास व्यवस्थापन गरिदिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण