टीभीएस एनटर्क १२५ सीसी ड्रम रेड सार्वजनिक
काठमाडौँ । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।
शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टीभीएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ ।’
टीभीएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ ।‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पुर्याउँछ।
यसमा ठुला १२ इन्चका टायरहरूका साथ एनटर्क १२५ ड्रम भेरियन्ट रहेको छ । साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टीभीएस एनटर्क ड्रम रेडको मूल्य रु. २,३५,९०० रहेको छ ।
हिजोदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको टीभीएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टीभीएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा रु. ५०,००० को थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।
साथै यस महा एक्स्चेन्ज महोत्सवमा शून्य प्रतिशत ब्याजदरमा २५% सम्मको डाउन पेमेन्टमा टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण