बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा विशेष साधारणसभा आज, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने

बिहीबार, २३ कात्तिक २०८०, ०७ : २७
बिहीबार, २३ कात्तिक २०८०

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा आज हेटौँडामा हुँदै छ । बिहान ८ बजे हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा हुने भएको हो । 

उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफू विरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप