भ्युजका लागि ९० किलोको गोही काटेर खाएपछि...
काठमाडौँ । अहिले टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेकौँ हतकन्डा अपनाइरहेका हुन्छन् । अरूको ध्यान आफूतिर खिच्न, फलोअर र भ्युज बढाउन सानातिना एयरप्लेन दुघर्टना गराउनेदेखि टेमवर्म सङ्क्रमित माछा खानेसम्म सोच्नै नसक्ने गतिविधिहरू गरिरहेका छन् । हालै एउटी चिनियाँ फूड भ्लगरले भ्युज बटुल्नकै लागि ९० किलोको गोही काटेर खाइन् ।
चु नियाङ सियाओ हे नाम गरेकी ती युवतिको डोउयिन (टिकटकको चिनियाँ संस्करण)मा ३५ लाख फलोअर छन् । आफ्नो टिकटकमा युवतीले गोहीलाई कसरी मार्नेदेखि यावत् टिप्स दिएकी छिन् । चर्चा बटुल्नै उनले यसो गरिन् । तर अहिले उनको भिडियोमा नकारात्मक टिप्पणीको ओइरो लागिरहेको छ । निर्दोष जन्तुमाथि क्रूरता गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
भिडियोमा सियाओ हेले सुरुमा गोहीलाई बाँधेर बाथरुममा पखाल्छिन् । काट्छिन् अनि छाला तासेर हड्डी छुट्टाउँछिन् । त्यसपछि उनले गोहीको मासुलाई अनेकौँ तरिकाले पकाउँछिन् । यो भिडियो सार्वजनिक भएपछि कयौँले उनलाई डोउयिनबाटै प्रतिबन्ध लगाउनु पर्ने माग गरिरहेका छन् । गोहीलाई छाला उद्योगका लागि कृत्रिम रूपमा पालिएको अनि जसरी पनि मारिने नै थियो भन्दै सिआआले आफ्नो बचाउ गरेकी छिन् ।
चीनको वन्यजन्तु संरक्षण कानुनका अनुसार चीनमा अधिकारीहरूसँग अनुमति नलिईकन गोहीको मासु पकाउनु गैरकानूनी हो । टिकटकका लागि बनाइएको सो भिडियोका लागि सियाओ हे कानुनको चपेटामा आउने देखिन्छ ।
चीनमा गोहीलाई कठोर खालको कानुन अन्तर्गत संरक्षित गरिएको छ । भाइरल हुनकै लागि सन् २०२० मा दक्षिण कोरियाका एक चर्चित युट्युबवरले लाइभमै जिउँदो अक्टोबस र स्कुईड खाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण