आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भ्युजका लागि ९० किलोको गोही काटेर खाएपछि...

बिहीबार, २३ कात्तिक २०८०, १२ : ०४
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । अहिले टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेकौँ हतकन्डा अपनाइरहेका हुन्छन् । अरूको ध्यान आफूतिर खिच्न, फलोअर र भ्युज बढाउन सानातिना एयरप्लेन दुघर्टना गराउनेदेखि टेमवर्म सङ्क्रमित माछा खानेसम्म सोच्नै नसक्ने गतिविधिहरू गरिरहेका छन् । हालै एउटी चिनियाँ फूड भ्लगरले भ्युज बटुल्नकै लागि ९० किलोको गोही काटेर खाइन् ।

चु नियाङ सियाओ हे नाम गरेकी ती युवतिको डोउयिन (टिकटकको चिनियाँ संस्करण)मा ३५ लाख फलोअर छन् । आफ्नो टिकटकमा युवतीले गोहीलाई कसरी मार्नेदेखि यावत् टिप्स दिएकी छिन् । चर्चा बटुल्नै उनले यसो गरिन् । तर अहिले उनको भिडियोमा नकारात्मक टिप्पणीको ओइरो लागिरहेको छ । निर्दोष जन्तुमाथि क्रूरता गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

भिडियोमा सियाओ हेले सुरुमा गोहीलाई बाँधेर बाथरुममा पखाल्छिन् । काट्छिन् अनि छाला तासेर हड्डी छुट्टाउँछिन् । त्यसपछि उनले गोहीको मासुलाई अनेकौँ तरिकाले पकाउँछिन् । यो भिडियो सार्वजनिक भएपछि कयौँले उनलाई डोउयिनबाटै प्रतिबन्ध लगाउनु पर्ने माग गरिरहेका छन् । गोहीलाई छाला उद्योगका लागि कृत्रिम रूपमा पालिएको अनि जसरी पनि मारिने नै थियो भन्दै सिआआले आफ्नो बचाउ गरेकी छिन् ।

चीनको वन्यजन्तु संरक्षण कानुनका अनुसार चीनमा अधिकारीहरूसँग अनुमति नलिईकन गोहीको मासु पकाउनु गैरकानूनी हो । टिकटकका लागि बनाइएको सो भिडियोका लागि सियाओ हे कानुनको चपेटामा आउने देखिन्छ । 

चीनमा गोहीलाई कठोर खालको कानुन अन्तर्गत संरक्षित गरिएको छ । भाइरल हुनकै लागि सन् २०२० मा दक्षिण कोरियाका एक चर्चित युट्युबवरले लाइभमै जिउँदो अक्टोबस र स्कुईड खाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप