रजनीकान्त टहल्दै फ्यानको घरमा पुगेपछि...
नयाँ दिल्ली । सुपरस्टार रजनीकान्तका संसारभर करोडौं फ्यान छन् । ७२ वर्षको उमेरमा पनि यिनी फिल्ममा शीर्ष भूमिकामा खेलिरहेका छन् ।
हिरोको बाउ वा खलनायकको भूमिका खेल्ने बेलामा यिनी आफूभन्दा निकै कम उमेरकी अभिनेत्रीका हिरो बनेर पर्दामा छाइरहेका छन् । रजनीकान्त उदार व्यक्तित्व र सादापनका लागि चर्चित छन् । पर्दामा एक्सन अवतारमा देखिने यिनी असली जीवनमा निकै सरल छन् ।
सामाजिक सञ्जालमा अहिले रजनीकान्तको एउटा पुरानो भिडियो भाइरल बनिरहेको छ । सो भिडियो अमेरिका भ्रमणको बेलाको हो । भिडियोमा रजनीकान्त साधारण लुकमा फ्यानको घरमा गएका छन् । त्यो घर तमिल परिवारको थियो । ‘मैले तपाईँहरूको निद्रा त बिथोलिन् ?’ घरमा पुगेपछि रजनीकान्तले सोधेका थिए । अभिनेतालाई देखेपछि सो घरका सबै व्यक्तिहरु खुसीले मख्ख थिए । बालबालिकाहरु खुसी अनि आश्चर्यचकित बने ।
रजनीकान्त अहिले आफ्नो करियरको १७० औँ फिल्म थलाइवर १७० को शुटिङमा व्यस्त छन् । यो फिल्ममा ३३ वर्षपछि रजनीकान्त अमिताभ बच्चनसँग ठुलो पर्दामा देखिँदैछन् । यो फिल्ममा राणा दग्गुबातीलगायत कलाकारहरु पनि छन् । रजनीकान्त यस अघि नेल्सन दिलीपकुमारको फिल्म जेलरमा देखिएका थिए । यो फिल्मले संसारभर ६ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण