आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चीनले ह्युमनोइड रोबोटको मास–प्रडक्शन थाल्ने

बिहीबार, २३ कात्तिक २०८०, १५ : ०९
बिहीबार, २३ कात्तिक २०८०

बेजिङ । चीनले ह्युमनोइड रोबोटको मास–प्रडक्शन थाल्ने भएको छ । सन् २०२५ देखि मान्छेसँग कुराकानी गर्न सक्ने र अनेकौँ कार्य सम्पादन गर्न सक्ने ती रोबोटहरु बनाउने योजना चीन सरकारले सार्वजनिक गरेको हो । 

उद्योग तथा सूचना प्रविधि मन्त्रालयले गएको हप्ता ब्लुप्रिन्ट डकुमेन्ट सार्वजनिक गरेको छ । यसमा ह्युमनोइड रोबोटलाई स्मार्टफोन जत्तिकै विध्वसंकारी अनि संसारलाई ‘रिसेप’ गर्ने तत्वको रुपमा औंल्याएको छ ।

सन् २०२५ सम्ममा ती ह्युमनोइड रोबोट परिष्कृत स्तरमा पुग्ने र त्यसपछि सोको मास प्रडक्शन सुरु हुने मन्त्रालयले बताएको छ । यो नीतिले चीनमा रोबोटिक्स कम्पनीको संख्या बढाइरहेको छ । चिप र हार्डवेयरको क्षेत्रमा अमेरिकालाई टक्कर दिने योजनाको हिस्सा हो । 

चीन विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी हो । २ वर्षभित्र मोशन कन्ट्रोल, मशिन र मानवबीचको अन्तरक्रिया क्षमता आदिमा ब्रेकथु्र गर्ने लक्ष्यमा चीन अहिले अगाडि बढिरहेको छ ।

सरकारले रोबोटिक्समा कृत्रिम बौद्धिकताको प्रयोगलाई टेवा दिइरहेको छ ।  कुशल खालको रोबोट हात र खुट्टा बनाउन पनि कम्पनीहरुलाई भनिरहेको छ । सन् २०२७ सम्ममा सोच्न सक्ने, सिक्ने र नवप्रवर्तनमुखी ह्युमनोइड रोबोट बनाउने लक्ष्य चीनको छ । यस्ता रोबोटको उत्पादनलाई टेवा दिन सरकारले भरपर्दो उद्योग आपूर्ति शृङ्खला प्रणाली खोल्ने योजना पनि बनाइरहेको छ । 

ह्युमनोइड रोबोटले अहिले मानिसले गरिरहेका कयौँ कामहरु गर्ने अपेक्षा गरिएको छ । ह्युमनोइड रोबोटको मास प्रडक्शन सुरु गर्ने चीन एउटा मात्रै देश होइन । अमेरिका यो दौडमा चीनभन्दा अगाडि छ । दक्षिण कोरियाले पनि यसमा हात हालेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप