जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
बिहीबार, २३ कात्तिक २०८०, २१ : ३१
कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्ती मगर र दिपेश तिमल्सैना जैसी रहेका छन् ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सहइन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण