स्वयम्भूबाट ११ हजार थान पटाकासहित एक युवक पक्राउ
शुक्रबार, २४ कात्तिक २०८०, १२ : १३

काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट ११ हजार ७ सय ८० थान पटाकासहित एक युवक पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई पटाकासहित पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू डेरा गरी परियारलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।