सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने जापानी युवती प्रहरीको फन्दामा

टोकियो । माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् ।
२५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातियो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने, उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले गाइडबूक नै निकालेकी छिन् ।
नागोया सहरको नाका प्रहरी थानाका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य सिकाईका लागि उनले थप पैसा लिन्थिन् । पक्राउ पर्नुअघि वातानाबेले आफ्नो पुस्तकको २ हजारप्रति जति बेचेको जापानी सञ्चार माध्यमरुले बताएका छन् । वातानाबेकै किताब पढेर एक २० वर्षीय जापानी युवतीले आइची प्रिफेक्चरका २ पुरुषलाई १ करोड ६ लाख ५० हजार येन ठेगेपछि प्रहरीले वातानाबेबारे छानबिन सुरु गरेको थियो ।
आफूमाथि लागेको अभियोग वातानाबेले स्वीकार गरेकी छिन् । युवतीले गएको वर्ष सेप्टेम्बरमा ५० वर्षका एक पुरुषलाई २ करोड ७० लाख येन ठगेकी थिइन् । ५४ वर्षका अर्का एक पुरुषले पनि वातानाबेको खातामा ११ करोड ७० लाख येन हालिदिएको आरोप लगाएको भन्दै गएको महिना जापानी पत्रिका माइनिचीले समाचार छापेको थियो ।
के हो सुगर ड्याडी ?
वयस्क वा वृद्ध धनी पुरुषले आफूभन्दा साना उमेरका युवतीहरुलाई पैसा दिएर बनाउने सम्बन्ध नै सुगर रिलेशनशिप भनिन्छ । पाका उमेरका पुरुषसँग सम्बन्ध राखे बापत युवतीले मोटो रकम र सुख शयल पाउँछन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भनिन्छ । पछिल्लो समय विश्वभर यसको चलन बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै