नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्वारा ‘पुँजी बजार दिग्दर्शन’ सार्वजनिक
काठमाडौँ । नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजी बजार दिग्दर्शन (२०८०) — लेख विशेषाङ्क सार्वजनिक गरेको छ । शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को अवसर पारेर लेख विशेषाङ्क विमोचन गरिएको हो ।
कार्यक्रम नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व र नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यमा बोर्ड परिसर खुमलटारमा सम्पन्न थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी पौडेलले राख्नु भएको थियो र कार्यक्रमको सञ्चालन सरिता महर्जनले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै पौडेलले सृजनशीलताको नमुनाको रूपमा विमोचित लेख विशेषाङ्क सबैको साझा प्रयासको परिणाम भएको बताए । उनले वित्तीय सचेतना अभिबृद्धिमा समेत यो सहयोगी प्रयास रहेको बताए ।
यस्तै बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजार दिग्दर्शन (२०८०) — लेख विशेषाङ्क विमोचन गर्दै सङ्गठनका यस्ता सृजनशील कार्यको लागि सङ्गठनका अध्यक्ष नारायण पौडेल र सिङ्गो नेपाल धितो पत्र बोर्ड स्वतन्त्र कर्मचारी सङ्गठनप्रति बधाई र शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण